संखुवासभा घटना : जब लोकबहादुरका अगाडी प्रहरी इन्सपेक्टर थापा रुन थाले

समाचार

काठमाडौ । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको श व फेला परेको घटनामा केही महत्वपुर्ण प्रमाण फेला नपरेका कारण रहस्यमय नै छ ।घटनामा प्रहरीले कार्की परिवारकै नाता पर्ने लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक पनि गरेको छ । तर पनि अझै केही यस्ता कुरा छन् जुन अनुसन्धान गर्नुपर्नेछ । प्रहरीले केही प्रमाण र साबिती बयानका आधारमा उनलाई पक्राउ गरेको हो । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

यसरी कबुले लोकबहादुरले घटना

रहस्यमय घटनाको प्रहरीले घटनास्थलमै बसेर अनुसन्धान थालेको थियो । त्यसका लागि सीआइबीको टोली घटनास्थलमा थियो । घटनाको प्रकृति हेर्दा वाहिरका मानिस गाउँमा आउने अवस्था देखिएन । गाउँमा कार्की परिवार निकै मिलनसार भएको पाइयो । प्रहरीले घटनामा संलग्न हुनसक्नेहरुसंग वयान लिने क्रम जारी राखेको थियो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

सबै अवस्थाले प्रहरीको अनुसन्धान अन्त्यमा लोकबहादुर कार्की तर्फ सोझियो । उनले घटना स्वीकार गरेका थिएनन् । त्यसका लागि प्रहरीले अनेक जुक्ति लगायो । कहिले नासावाट बैज्ञानिक बोलाउने चेतावनी दियो । कहिले फकाउने र ध म्की दिने गर्यो । निरन्तर चौथो रात पनि सोधपुछ चलिरहेको थियो । १२ बजेसम्म सोधपुछ गर्दा पनि लोकबहादुरले अभियोग स्वीकारेका थिएनन् ।

त्यसपछि सीआइबीका डीएसपी रुगम कुवँर अब प्रहरीले जसरी पनि पत्ता लगाउँछ भन्दै सोधपुछ कक्षबाट बाहिरिए । सीआईबीका इन्सपेक्टर मणिराम थापा र लोकबहादुर मात्र त्यहाँ बाँकी रहे ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

डीएसपी कुवँर बाहिरिएपछि इन्सपेक्टर थापाले आफू पनि मा न सि क रोगी भएको अभिनय शुरू गरे । किनकी लोकबहादुरले औषधी खान्छन् भन्ने प्रहरीलाई थाहा थियो । म पनि डिप्रेसनको औषधी खान्छु । यस्तै हो, मलाई पनि अरूले होच्याउँछन् । त्यो देख्दा साह्रै रिस उठ्छ भन्दै इन्सपेक्टर थापाले लोकबहादुरका अगाडी आँशु झारे । पटक–पटक आँसु झार्दै पी डित भएको अभिनय गरेपछि लोकबहादुरले उनीसँग आफूलाई पनि रिस उठेको र घटना गराएको स्वीकारे ।

यो सबै घटनाक्रम डीएसपी कुँवरले बाहिर बसेर नियालिरहेका थिए । अनि यसैलाई आधार बनाएर प्रहरीले साबिती बयान लियो । लोकबहादुरले घटनामा संलग्नता फेरी पनि स्वीकार गरे ।सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *