‘मिष्टर इण्डिया’ मनोजद्वारा आत्महत्या प्रयास

मनोरंजन

मुम्बई(नवभारत टाइम्स)– ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । बडी बिल्डरसमेत रहेका उनले मुम्बईमा आत्महत्याको प्रयास गरेका हुन् ।

उनले आत्महत्या प्रयास गर्नुअघि एक सुसाइड नोट लेखेका थिए । उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन् । उनले साहिललाई एकपछि अर्को गम्भीर आरोप लगाएका छन् । उनले साहिलले आफूलाई साइबर बुलिङ र मानसिक रुपले तनाव दिएको दाबी गरेका छन् ।

आत्महत्याको प्रयास भइरहँदा परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ । मनोजले बुधबार राती आफ्नो जीवनको अन्त्यको प्रयास गरेका थिए । जसका लागि उनले औषधि खाएका थिए ।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्रताडित गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए । उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा बदनाम गराइरहेका थिए’, उनले सुसाइड नोटमा लेखेका छन् ।

यो घटनाबाट मनोजको परिवार र उनका साथीहरु दुःखी बनेका छन् । उनीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन् ।मनोजको परिवार चाँडै नै यो घटनालाई लिएर मनसे अध्यक्ष राज ठाकरेसँग भेट्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *