ओलीले खोले ‘झण्डै मारिएको’ रहस्य

Uncategorized राजनीति

काठमाडौं, २९ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झण्डै मारिएको रहस्य खोलेका छन् । उनले झापा पुगेर आफ्नै छेउबाट गोली गएको रहस्य खोलेका हुन् ।सुखानी हत्याकाण्ड सम्झदै उनले झापामा आज भने, ‘मैंले आफै भोगेको छु यताबाट पनि गोली गयो यताबाट पनि गोली गयो ।’ आफ्नै झण्डै हत्या भएको भन्दै बाँचेर अहिलेको अवस्थामा आएको बताए ।

ओलीले बलिदानीका लागि जहिल्यै पनि एमाले कार्यकताृ तयार रहने बताए । उनले एमाले कार्यकर्तालाई इमानका साथ आवश्यक पर्दा बलिदानीका लागि तयार हुन भने ।

यो पनि पढ्नुहोस
पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।

‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो ।

प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *