‘केपी ओलीको चुनाव चिह्न बयलगाढा, पार्टी नेकपा (ओली)’

राजनीति रोचक समाचार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

काठमाडौंमा बस्न लागेको बैठकमा एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको तयारी पनि गर्नुपर्नेसम्मका छलफल हुने केन्द्रीय सदस्यहरुले जनाएका छन् ।
नेपाल समूहमा रहेका एक नेता मेटमणि चौधरीले केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा त्यसतर्फ अघि बढ्नेगरी छलफल गरिने जानकारी गराए ।

“एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन । ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *