सीता भण्डारी मृत्यु प्रकरण : बुटवलका डिएसपी मदन कुँवर शंकाको घेरामा तानिए

समाचार

बुटवल । बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) मदन कुँवर शंकाको घेरामा तानिएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्यु घटनाबारे सिसीटिभी फुटेज नै सार्वजनिक भइसक्दा पनि गम्भीर रुपले नलिएको आरोपमा मृतकका माईतीजन/आफन्तले डिएसपी कुँवरलाई शंकाको घेरामा राखेका छन् ।

घटना घटेको एक हप्ता बितिसक्दा पनि बुटवलका प्रहरी प्रमुखले आलटाल गरेपछि माइतीनजले उनको भुमिकाप्रति आशंका गरेका हुन् । आरोपितका एक जना आफन्त नेपाल प्रहरीको ठूलै तहको मान्छे भएको आशंका गर्दै उनैको दवावमा बुटवलका डिएसपी परेर घटना सत्य रुपमा बाहिर आउन नसकेको माइती पक्षको आरोप छ ।

तर डिएसपी कुँवरले भने सुरुमा आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिए पनि हत्याको पाटोबाट पनि अनुसन्धान निस्पक्ष भइरहेको बताउने गरेका छन् । तर, माइतीजनले घटनास्थल नजिकैको भवनबाट सिसीटिभी फुटेज सार्वजनिक भइसक्दा पनि प्रहरीमा उक्त फुटेज नपुगेकोमा आशंकाको दृष्टिले हेरेको छ ।

घटना घटेको नजिकै पसल थापेका एमबि न्यौपानेले भिडियो फुटेज बाहिर ल्याएका छन् । उक्त भिडियो फुटेजमा घटनाको भएको राति मृतकका जेठाजु हरि पौड्याल त्यस घर भित्र पसेका छन् भने बिहान करिब साढे चार बजेको समयमा उनका श्रीमान टिका पौड्याल घरबाट बाहिरिएको देखिन्छ ।

यसरी घटनालाई अनुसन्धान गर्न बलियो प्रमाण भिडियो फुटेज बाहिरिदासमेत प्रहरी प्रमुखले यस घटनालाई गम्भीर रुपमा नलिएको माइती पक्षको भनाइ छ । माइती पक्षका अनुसार यसो हुनुमा सीधै घटनालाई ढाकछोप गर्ने काम भइरहेको छ ।

यसअघि मृतक सीताका बुवा हरिप्रसाद भण्डारीले घटना घटेको दोश्रो दिन सीताकी श्रीमान टिका पौड्याल र उनकी दिदी बिष्णु पौड्यालविरुद्ध किटानी जाहेर दिएका थिए । तर, डिएसपी कुँवरले लिन नमानेर आत्माहत्या दुरुहसानको मुद्धा दायर गर्न लगाएका थिए ।

उक्त मुद्धा दायर गरिएपछि पनि डिएसपी कुँवरले नियन्त्रणमा लिइएका आरोपीहरुलाई अदालतले म्यादन थप्न नमानेको भन्दै माइती पक्ष थप आक्रोषित बनेका थिए ।

तर, माइती पक्षसहित रुपन्देहीका सरोकारवालाहरुले कहिले चक्का जाम त कहिले अदालत घेराउलगायतका दवावमूलक कार्यक्रम अगाडि बढाएपछि प्रहरीले आत्महत्या दुरुसाहन मुद्धा दायर गरि दुवैलाई नियन्त्रणमा लिएको थियो । हाल उनीहरुबारे अनुसन्धान भइरहेको बताइएको छ ।

आज सोमबार दिउँसो पनि माईती पक्षले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो । आन्दोलनकारीले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको कार्यकक्षमा छलफल गरेका छन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले माईतीजनसँग सकरात्मक आश्वासन दिएको मृतक सीता मामा आकाश पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी सँग भेटेका मृतकका एक जना आफन्तजनले भने, ‘प्रमुख जिल्ला अधिकारीले एक, दुई दिनभित्र कर्तब्य ज्यान सम्बन्धि मुद्धा पनि दायर गर्न सकिने आश्वासन दिनु भएको छ ।’

छलफलमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले भिसेराको रिर्पोट आइसकेपछि मोबाईलको कल रेकर्ड पनि चेकलगायतका अनुसन्धान गरिने पनि बताएका छन् । ती

भदौ ६ गते जनै पूर्णीमाको दिन श्रीमान टिकासँग सँगै मा्इती घर गएकी थिइन् सीता । उनलाई भदौ १९ गते दिउँसो श्रीमानले फोन गरेर बोलाएका थिए । र, उनको भदौ २० गते रहस्यमयी ढंगले मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *