अधुरै रह्यो रकुलको कण्डम टेस्टर चाहना

मनोरंजन

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री रकुल प्रीत सिंह र रानी स्क्रुवालाको आरएसवीपी फिल्म ‘छतरीवाली’को केही समय अघि घोषणा गरिएको थियो । यो फिल्मलाई लिएर अभिनेत्री रकुल निकै उत्साहित थिइन् । किनकी फिल्ममा उनले कण्डम टेस्टरको भूमिका निभाउने तयारीमा थिइन् ।

तर अब उनको उत्साहमा बिराम लागेको छ । आफ्नो करियरको निकै चुनौतिपूर्ण भूमिका भन्दै आएकी रकुल त्यतिबेला दुःखी भइन्, जुन बेला निर्माताले फिल्म निर्माण हुने जानकारी दिए ।यद्यपि निर्माण पक्षले फिल्म बन्द गरिएको बारे केही घोषणा नगरे पनि फिल्मसँग जोडिएको एक पक्षले भने यो कुरालाई स्वीकार गरेको छ ।

हालै रिलिज भएको अपारशक्ति खुराना अभिनित फिल्म ‘हेलमेट’को कथा ‘छतरीवाली’सँग मिल्ने भएकाले फिल्म निर्माणको काम रोकिएको हो ।‘हेलमेट’को कथा राम्रो भए पनि फिल्मले बक्सअफिसमा सफलता पाउन सकेन । जसकारण ‘छतरीवाली’को निर्माण पक्षले फिल्मको काम बन्द गरेको हो ।

कण्डम टेस्टरको बारेमा कमैलाई थाहा होला । कण्डम उत्पादक कम्पनीले १८ वर्षमाथिका व्यक्तिलाई अनुबन्ध गरेर कण्डमको प्रयोग गर्न लगाउछ । कम्पनीले कण्डमको नयाँ भर्सन सार्वजनिक गर्नासाथ कण्डम टेस्टरले त्यसको प्रयोग गर्दछ । उसले कण्डम लगाएर यौन सम्पर्क गर्दा कण्डमको टिकाउको बारेमा जानकारी दिन्छ ।

रकुलको कामको कुरा गर्दा उनी चाँडै नै अभिनेता अर्जुन कपूरका साथ फिल्म ‘सरदारका ग्राण्डसन’मा देखिँदैछिन् । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म ओटीटीमा मे १८ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *