तीजको नाच हेर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार

Uncategorized

दाङमा तीजको नाच हेर्ने गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो।

ती किशोरी २३ गते बुधबार राती तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीको टोलीले बलात्कार गर्ने तिनै जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यसैबीच, तुलसीपुरको अश्वारामा टेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २१ वर्षीय कृष्णबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी स्थानीय शेरबहादुर खड्का सामान्य घाइते भएका छन् ।

यस्तै, हापुरेदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ८०५ नम्बरको ट्याक्सीले बाघमारेदेखि तीलबारी जाँदै गरेको रा ५ प ३१३४ नम्बरको मोटरसाइकललाई शनिबार शान्तिनगर ७ खैरेनीमा ठक्कर दिँदा शान्तिनगर गाउँपालिका-२ बाघमारेका ४८ वर्षीय मोटरसाइकलचालक रुद्रबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *