सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने

समाचार

काठमाडौं : विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन् । संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए। त्यसै बीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन्। सो काम सामाजिक संस्थाको सहयोगमा गर्ने उनले बताए।

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन्। शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारी दिए। ‘बैठक भत्ता, इन्धन मर्मत, कर्मचारी तालिम, सीप विकास तथा तालिम तथा गोष्ठी सम्बन्धी खर्चका साथै अनुगमन मूल्यांकन तथा भ्रमण खर्च लगायतका शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको छ,’ उनले भने ।

यसरी कटौ’ती भएको र बचत हुने अनुमान गरिएको ५ अर्ब रुपैयाँ को’भिड विरु’द्धको खोप खरिदका लागि खर्च गरिने उनले बताए । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गरेका हुन् । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *