विनोद चौधरी उपसभापतिमा उठ्ने तयारीमा, सबैको साथ रहने विश्वास

राजनीति समाचार

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । विनोद चौधरीले पनि यसपटक पदाधिकारीमा आउने तयारी गरेका छन् । उनले उपसभापतिमा उम्मेद्धवारी दिने तयारी थालेका छन् ।शभरिका जिल्ला सभापतिहरुको मागबमोजिम उनी उपसभापतिमा उठ्ने तयारीमा जुटेका हुन् । तर, उनी कुनै गुटमा भने नलाग्ने भएका छन् । बरु, कुनै गुटमा नलागेकाहरुको साझा समूह बनाउने तयारीमा लागेका छन् ।

चौधरी कांग्रेसमा साझा व्यक्तिको रुपमा परिचित छन् । उनलाई उपसभापतिमा ल्याउनको लागि सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलापनि सकारात्मक छन् । पछिल्लो समय कांग्रेसमा विनोद चौधरीले नीति निर्माणको तहमा रहेर काम गर्दै आएका छन् । उनको नेतृत्वमा गरिखाने अभियानसमेत सञ्चालित छ ।-

उस्तै समाचारहरू
कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

पाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांगे्रसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मदवारी दिन लागेको बताए ।

“१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ,” उनले भने । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।

पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताए । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उनको भनाइ छ ।

ReportersNepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *