बाघका आकर्षक तस्बिरहरू

रोचक समाचार

बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। त्यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ। निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका खोलामा आउँछन्। घन्टौं बस्छन्। त्यतिबेला टाढैबाट तिनका तस्बिर खिच्न सकिन्छ। धेरैले यस्ता तस्बिर खिचेका छन्।पछिल्लो समय बर्दियाकै रैथाने दिपक राजवंशी बाघका आकर्षक तस्बिर खिचेर चर्चामा आएका छन्। ६ वर्षदेखि नेचर गाइडका रुपमा काम गर्दै आएका राजबंशीले बाघका विभिन्न तस्बिहरू खिचेका छन्।

बाघका धेरै खाले तस्बिर खिचेका छन् उनले। नजिकैबाट पनि खिचेका छन्। मन र मुटु दरो बनाएर खिच्छन्। बाघको मात्र होइन, जंगली हात्ती, गैंडा, चराचुरुङी लगायत थारु संस्कृति र जीवनशैलीका थुप्रै तस्बिर खिचेका छन् उनले।

https://img.setoparty.com/uploads/posts/BARDIYA%20(33)1627546583.jpg
नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ। नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य नजिक पुगेको हो। नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ पाइन्छ।सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ। सबभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ रहेका छन्। पाटेबाघ विश्वका १३ देशमा पाइन्छ।

हेर्नुहोस् बाघका केही तस्बिरहरू
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2821%29.jpg
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2844%29.jpg
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2843%29.jpg
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2834%29.jpg
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2825%29.jpg
https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/tiger/BARDIYA%20%2823%29.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *