नमिल्ने लुगा लगाएको भन्दै युवतीलाई विमानबाट निकालियो

रोचक

न्युयोर्क,(एजेन्सी)।

अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट जबर्जस्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ । संगीतकार होवार्डको यो भिडियो १३ लाखभन्दा बढीपटक हेरिईसकेको छ । लुगा लगाएकै मिल्दैन भने उनलाई पहिला फ्लाइट एटेन्डेन्टले विमानबाट ओर्लिन अनुरोध गरेकी थिइन् । त्यसपछि उनलाई प्रहरी प्रयोग गरेर विमानबाट निकालिएको हो ।

सो भाइरल भएको भिडियो फुटेजमा प्रहरीले उनलाई अघि बढाउँदै गरेको देखिन्छ भने उनको अफ क्यामेरामा उनले एक पुरुष प्रहरी अधिकारीसँग कुरा गरिरहेको सुनिन्छ । शुरूमा ह्वाइट कट्टु र क्रोप टि– सर्ट लगाएकी होवार्डले सिटमा बसिसकेपछि आफूले सर्ट खोलेर स्पार्टस ब्रा मात्र लगाएको कुरा स्वीकारेकी छन् ।

उनले फ्लाइट एटेन्डेन्सको अनुरोधअनुसार आफूले पुनः कमिज लगाएको तर फेरि एयरलाइन्सका कर्मचारीहरूले पेट देखाएको भन्दै लुगाकै विषयलाई लिएर अनावश्यक किचकिच गरेको बताएकी छन् ।भिडियोमा एकजना अधिकारीले कुनै अपराध कार्यका लागि नभई पोशाक नियमको कारणले मात्र उनलाई विमानबाट निकालिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *