कंगना रनौतलाई उच्च अदालतको झट्का

मनोरंजन

बलिउड अभिनेत्री कंगना रनौतलाई बम्बे उच्च अदालतले झट्का थिएको छ ।बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार गरेको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार कंगना रनौतले यसबारे उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् जसलाई न्यायाधिस रेवती मोहित डेरेले खारेज गरिदिए । अदालतले आफ्नो आदेश सेप्टेम्बर १ सम्म सुरक्षित गरेको थियो ।

जावेद अख्तरले अघिल्लो वर्ष नोभेम्बरमा कंगना विरुद्ध एउटा मुद्दा दर्ता गरेका थिए जसमा कंगनाले टिभी पत्रकार अर्णब गोस्वामीलाई दिएको एक टिभी अन्तरवार्तामा आफूविरुद्ध यस्ता बयान दिएको जसका कारण उनको प्रतिष्ठामा ठेस लागेको बताइएको थियो ।उनले आफ्नो उजुरीमा भनेका थिए – कंगनाले अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको कथित आत्महत्यापछि बलिउडमा एउटा ‘मण्डली’ भएको कुरा गर्दै उनको नाम लिएकी थिइन् ।

जावेद अख्तरको ऊजुरीमा अदालतले अघिल्लो वर्ष डिसेम्बरमा जुहू प्रहरीलाई अनुसन्धान गर्न र कंगना रनौतविरुद्ध आपराधिक कारवाही सुरु गर्न निर्देशन दिएको थियो ।

उस्तै समाचार
पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । पाकिस्तानी अदालतले पाकिस्तानी अभिनेत्री सबा कमरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अभिनेत्री सबामाथि लाहौरको एक ऐतिहासिक मस्जिदमा नृत्य भिडियो शूट गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको हो ।

अभिनेत्री सबा कमर र गायक बिलाल सइद अदालतको सुनुवाईमा उपस्थित नभएका कारण लाहौरको मजिस्ट्रियल अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । साथै अदालतले ६ अक्टोवरसम्मका लागि सुनुवाई पनि स्थगित गरेको छ ।

यस्तो छ घटना

पछिल्लो वर्ष लाहौर पुलिसले अभिनेत्री सबा कमर र गायक बिलाल सइदविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा २९५ अनुसार मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध एक नृत्य (डान्स) भिडियो सुट गरेर लाहौरको मस्जिद वजीर खानलाई कथित रुपमा अपवित्र बनाएको आरोप लागेको छ ।

एफआईआर अनुसार सबा र बिलाल दुवैले उक्त मस्जिदमा एक डान्स भिडियो सुट गरेका थिए, सोही विषयलाई लिएर चर्को विवाद भएको थियो । साथै, त्यहाँको पञ्जाव सरकारले मस्जिदको पवित्रता उल्लंघनको आरोप लगाउँदै दुई सिनियर अफिसरलाई पनि बर्खास्त गरेको थियो ।

अभिनेत्री सबा र गायक बिलालले मागेका थिए माफी

विवाद बढ्दै गएपछि अभिनेत्री सबा कमर र गायक बिलाल सइदले माफी पनि मागेका थिए । अभिनेत्री सबाले माफी माग्दै भनेकी थिइन्, ‘यो एक म्यारिज सीन वाला म्युजिक भिडियो थियो । यो भिडियो सुट गर्दा कुनै पनि प्लेब्याक म्युजिकको प्रयोग गरिएको छैन । त्यस्तै यसलाई म्युजिक ट्«याकमा सम्पादन पनि गरिएको छैन ।’

अभनेत्री सबाले बलिउड फिल्ममा पनि काम गरसकेकी छन् । उनी इरफान खानको साथमा ‘हिन्दी मिडियम’ फिल्ममा देखिएकी थिइन् । उक्त फिल्मलाई निकै रुचाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *