फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुग्ने, समय भने गोप्य

राजनीति समाचार

काठमाडौँ- बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुग्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले सुमार बिहीबार बिहान काठमाडौँ आउने पुष्टि गरे।

परराष्ट्रका ती उच्च अधिकारीका अनुसार सुमार कतारको दोहाबाट नेपाल आउन लागेकी हुन्।

एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार आउने समय भने गोप्य राखिएको छ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार सुमार बिहीबार बिहान काठमाडौँ ओर्लने भनिए पनि उनी ओर्लने समय भने सुरक्षा चुनौती तथा सम्भावित विरोध प्रदर्शनका कारण गोप्य राखिएको छ।

एमसिसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको छ।

संसदमा विचाराधीन एमसिसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ वटा प्रश्नमा आधारित भइ एमसिसीको मुख्यालयलाई पत्राचार गरेको थियो।

उक्त पत्रचारको जवाफ दिँदै बुधबार अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको प्रष्टिकरण दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *