टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलको टी–ट्वान्टी वरीयतामा सुधार भएको छ ।

आईसीसीले बुधबार निकालेको नयाँ वरीयताअनुसार कुशलले एक स्थान सुधार गरेका हुन् । कुशल यसअघिको वरीयतामा ६१औँ स्थानमा थिए । नयाँ वरीयतामा उनी ६०औँ स्थानमा उक्लिएका छन् ।नेपालका ओपनिङ ब्याट्म्यान कुशल हाल ओमान भम्रणमा छन् । ओमानमा नेपालले आईसीसी डिभिजन–२ अन्तर्गत त्रिदेशीय शृँखलामा ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

कुशलले एकदिवसीय क्रिकेटको डेब्यु खेलमा भने सोचेअनुरूप प्रदर्शन गर्न सकेनन् । पपुवा न्युगिनीविरुद्धको खेलमा डेब्यु गरेका उनले १५टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्डका डेभिड मलान रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा पाकिस्तानका बाबर आजम छन् ।

नेपालका पारस खड्का वरीयताको ९१औँ स्थानमा छन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।

त्यस्तै, नेपालका कप्तान ज्ञानेन्द्र मल्ल वरीयताको ९६औँ स्थानमा छन् ।

बलिङतर्फको वरीयतामा नेपालका सन्दीप लामिछाने ७८औँ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *