एमसीसीबारे ओलीको यु टर्न, मुलुकको हितमा छैन

राजनीति

काठमाडौं, २३ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आली अमेरिकाप्रति कठोर बन्दै गएका छन् । प्रधानमन्त्री हुँदा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न निकै सक्रिय भएका उनी प्रतिपक्षी दलका नेता भएलगत्तै यु टर्न

भएका छन् ।ओलीले एमसीसी संसदमा प्रस्तुत गर्न चुनौती दिने देखि प्रस्ताव आएमा विचार गरिने बताएका छन् । आज एमाले संसदीय दलको बैठकमा ओलीको बोली एमसीसीबारे विगत र वर्तमानमा फरक देखियो । उनले भने, हामी अग्रसर भइहाल्ने पक्षमा छैनौं ।

ओलीले एमसीसीको विवरण पढेर फाइदा र घाटाबारे टुंगो लाग्न अरुलाई छाडिदिएको बताए । उनले भने, सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन पनि गरेका हेनौं त्यसैले हाम्रो काँधमा हाल्न जरुरी छैन ।

एमसीसीबारे प्रष्ट हुन सांसदहरुले भन्दा ओलीले जनहित हुने भए साथ हुने भन्दै अहिले नहतारिने स्पष्ट पारे ।

विगतमा एमसीसी संसदमा प्रस्तावका रुपमा नबढाएको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटाको खुलेर आलोचना गरेका थिए । अहिले उनी एमसीसीबारे फरक बोल्न थालेका छन् ।

एमसीसी शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा सम्झौता भएको थियो । अहिले फेरि उनी प्रधानमन्त्री भएकाले संसदबाट पारित गरी कार्यान्वयनमा लाने रणनीति देखिदैछ ।

अहिले एमसीसीबारे सत्ता गठबन्धनभित्रै मतभेद छ । नेपाली काँग्रेस मात्र एमसीसीको पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी संशोधन भएपछि मात्र पारित गर्नुपर्ने पक्षमा छन् । जनमोर्चा नेपाल एमसीसीको विपक्षमा खुलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *