आमा बनिन् ऋचा शर्मा

मनोरंजन

नेपाली चलचित्रकी चर्चित अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

स्रोतका अनुसार उनले छोरालाई जन्म दिएकी छन् । कमेडी च्याम्पियनको निर्णायक समेत रहेकी शर्मालाई कमेडी च्याम्पियन परिवारलगाएत अभिनेत्री केकी अधिकारीले बधाई दिएका छन् ।गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले छोरा काखमा लिएको फोटो राखिएको छ ।

‘भिसा गर्ल’, ‘उमा’, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘सुनकेशरी’लगायतका फिल्ममा अभिनय गरिसकेकी ऋचा पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायक सदस्य थिइन् । चिकित्सकको सल्लाह अनुसार नै गत साताको यो शोमा उनी उपस्थित भएकी थिइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *