३६ घण्टा नहुँदै संखुवासभा घट्ना प्रकरणकोमा प्रहरीलाइ मिल्यो सफलता !

समाचार

संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको ज्यान जाने गरि भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको भएको घटनाले अहिले सबैको नजर त्यति तानिएको छ । सोहि घरमा आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको ह’ ‘त्या भएको हो । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि य’त्रत’त्र छ’रि’एको थियो ।

संखुवासभा घट्ना प्रकरणको अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ। संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो।

‘हामी सकारात्मक दिशा उन्मुख भएका छौं’, एसपी दाहालले भने ‘अहिले शवको मुचुल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं।’ शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै एसपी कार्कीले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे।

‘तर अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौं’, उनले भने। अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी ह’ त्या’रा नजिक पुग्न लागेको हो भन्ने प्रश्नमा दाहालले भने ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं। जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन।’

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो । जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा मादी नगरपालिका १, उम्लिङसम्म त्यो भन्दा अलि सहज रूपमा पुग्न सकिन्छ ।

मादीमा बास बस्नका लागि होटलहरुको प्रबन्ध छैन, स्थानीयवासीको घरमा बास मागेर रात क’टाउनुपर्ने हुन्छ । यो स्थितिमा बाहिरको मानिसका लागि सङ्खुवासभाको मादीसम्मको यात्रा निकै नै कठिन छ । अहिले वर्षायाममा वसन्तपुरबाट यात्रा गर्दा हिलोको सामना गर्नुपर्ने भएकाले नयाँ मानिसका लागि मोटरसाइकलको यात्रा कठिन छ । स्थानीय युवाबाहेक अरूलाई यो बाटोमा मोटरसाइकल चलाउन मुस्किल छ ।

प्राय शवहरु घो ‘प्टो परेको अवस्थामा भेटिएका छन्। अनुसन्धान सुरु गरेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने भएको छ। मंगलबार दिउँसो १२ बजेसम्म घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पुर्‍याउने गरी प्रक्रिया अघि बढाइएको बीसीले बताए। उनका अनुसार विकट स्थानमा घटनास्थल रहेको र बर्खाको समयमा पहिरोले बाटो पनि ठाउँ–ठाउँमा बिगारेका कारण शव साँझसम्म पनि धरान ल्याइ पुर्‍याउन सक्ने अवस्था छैन।

एउटै परिवारका ६ जनाको ह’ ‘त्या भएपछि पूरै गाउँ शो’कमा डु’बेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए। ‘सिंगो गाउँमा स’न्ना’टा छाएको छ। कसैले पनि यस्तो द’र्द’ना’क घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैनौँ,’ उनले भने, ‘घटना देखेका र सुनेका छिमेकीहरु कसैको घरमा चुल्हो बलेको छैन। आफ्नो गरेर खाइरहेको सिंगो परिवार नै स’खा’प बनाइएको छ।’ घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको जानकारी वडाध्यक्ष कटुवालले दिएका छन्।

उनका अनुसार ह’ ‘त्या बिहान कि राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ। वृद्धअवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन्। बेलुकासँगै खाना खाएर सुतेको र बिहान हेर्दा श्रीमती (पार्वता)लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *