सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्

राजनीति

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान भएकोले अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

मंगलबार काँग्रेसको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले देश विकासका लागि अनुदान ल्याएर ऋण घटाउने गर्नुपर्ने भन्दै यो विशुद्ध अनुदान भएको दाबी गरेका हुन् ।बैठकमा सांसदहरुले एमसीसीका विषयमा उठेका प्रश्न र त्यसले पार्टी र सरकारलाई पुर्‍याएको नोक्सानीका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुलाई जवाफ दिदै उनले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताए ।

साथै उनले एमसीसी नेपालमा यत्तिकै नआएको बताउदै कानुनी प्रक्रिया पुरा गरेर प्रतिष्पर्धाबाट आएको बताए । प्रधानमन्त्री देउवाले एमसीसीमा अनावश्यक राजनीति गर्न आवश्यक नरहेको स्पष्ट गरेका थिए ।

उनले भने- ‘हामीले विश्व बैंक र एसियन बैंकबाट ब्याजमै मोटो रकम ऋण लिइरहेका छौं । तर, एमसीसी अनुदान हो । यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो ।’

बैठकमा सांसदहरुले सरकारको विस्तारमा ढिलाई, गृहमन्त्रालयको विज्ञप्ति, दार्चुलाको तुइन प्रकरण बारे प्रश्न उठाउदै सरकारको आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *