भुलचुकले कपाल फुल्याे, म आफूलाई युवा नै ठान्छु : केपी ओली

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् । सोमबार युवासंघको कार्यक्रममा उनले आफ्नाे भुलचुकले कपाल फुलेको बताए ।

“युवा संघको पनि म अध्यक्ष नै हो । म अहिलेसम्म भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो । तर, म आफूलाई युवा–युवा ठान्छु ।”कार्यक्रममा ओलीले एमाले सरकारबाट हटेपनि जनता आफ्नै पार्टीमा आइरहेको दाबी गरे ।

“नेकपा एमालेलाई स–सना झुण्ड मिलेर । जालझेल गरेर खेद्न खोज्छन् । एमाले सरकारबाट हटेको छ । जनता एमालेमा प्रवेश गरेको छ ,” उनले भने । एमाले सरकारमा भए नभएमा फरक नपर्ने उनले बताए ।

कार्यक्रममा उनले युवासंघमा प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस

सरकारसँग केपी ओलीको प्रश्न- देशका बारेमा बोल्न किन पाइँदैन?

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग देशका बारेमा बोल्न पाइन्छ कि पाइँदैन भनी प्रश्न गरेका छन्।

उनले युवासंघद्वारा आयोजित कार्यक्रममा सरकारलाई सम्बोधन गर्दै भने- तुइनबाट एउटा मान्छेलाई खसालिन्छ तर तपाईँहरु बोल्ने आँट गर्नुहुन्न। नेपाली झारिन्छ तर तपाईँहरु बोल्न सक्नुहुन्न। भारत सरकारलाई थाहा छैन भने तपाईँहरु किन थाहा दिन सक्नुहुन्न? नागरिक मारिँदा पनि चुइँक्क बोल्नसक्नुहुन्न?’

उनले सडकमा युवा ओर्लँदा लाठी बजार्ने तर नेपाल र नेपालीबिरुद्ध बिरुद्ध कसैले केही गर्दा चुइँक्क बोल्न नसक्ने भनी सरकारको आलोचना गरेका छन।

उनले सरकार बनाउन नसक्ने तर एमालेलाई सत्तोसराप गर्ने भन्दै सरकारको आलोचना गरेका छन्।

उनले भने- देशका लागि, राष्ट्रियताका लागि बोल्ने युवाहरुलाई थुनिन्छ। यातना दिइन्छ। तर नेपालबिरुद्ध कसैले केही गर्दा चुइँक्क बोल्न सक्दैनन्।’

उनले सरकार र कथित पाँच दलीय गठबन्धनको ‘धाकधक्कु’ साना नभएको, नक्कली कुरा साना नभएको उल्लेख गर्दै प्रश्न गरे, ‘देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन? राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन?’

उनले पाँच दलीय गठबन्धनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनी किन भन्न सक्दैनन् भनी सरकारको उपहास गरेका छन्।

यो देश औषधिमयी र जीवनमयी भएको उल्लेख गर्दै उनले गीतसंगीत र साहित्यको स्थापना नेपालमै भएको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *