संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

समाचार

२१ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।

‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

यो पनि पढ्नुहोस
करणी गरेको आरोपमा एकजना पक्राउ

२० भदौ, सुनसरी । प्रहरीले १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् ।

सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *