लगातारको झरीले डुबायो जडिबुटीको बस्ती (तस्बिरहरु)

समाचार

काठमाडौँ – लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । विशेष गरि पानीको निकाश नभएका तथा खोला आसपासका सुकुम्बासी बस्तीहरु डुबानमा परेका हुन् ।

आइतबार रातिदेखि लगातार पानी परिरहेको मौसम विज्ञान विभागले जनाएको छ । लगातारको पानीका कारण काठमाडौँको जडिबुटी क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् ।

स्थानीय खोलामा आएको बाढी बस्तीमा पस्दा जडिबुटीको सुकुम्बासी बस्तीको जनजीवन प्रभावित भएको छ । त्यहाँका घरमा पानी पसेको छ । मानवीय क्षति भएको छैन ।

तर सबै घरमा बाढी पस्नुका साथै डुबान भएको छ । डोजरको सहयोगमा पानीको निकाश गरिएको अहिले केही बाढी घट्ने क्रममा देखिएको छ । स्थानीय उद्धारमा आर्मी, सशस्त्र प्रहरीसहित खटिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *