डुबान क्षेत्रमा ‘टिकटक बनाउँदै’ युवाहरु

Uncategorized

वर्षाका कारण राजधानीका धेरैजसो स्थानका नदी आसपास जलमग्न बनेको छ। बल्खु क्षेत्र बाढीका कारण घरहरु डुबानमा परेका छन्। सडकमा समेत बाढी पसेको छ।

यही मेसोमा केही युवा भने टिकटकमा राख्नका लागि भिडियो बनाउन व्यस्त देखिन्थे। यद्यपि केहीले बाढीको दृश्यलाई टिकटकबाटै लाइभसमेत गरेका थिए।

बल्खु तरकारी बजार क्षेत्र डुबानमा

भारी वर्षका कारण काठमाडौँ उपत्यकाको बल्खु तरकारी बजार क्षेत्र डुबानमा परेको छ । राति २ बजेदेखि उपत्यकामा मेघगर्जनसहित ठूलो पानी परेको छ ।

प्रहरीका अनुसार बल्खु, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् । हालसम्म १ सय ३८ जनाको सकुशल उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *