नवराज सिलवालले भने- जबर्जस्ती कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्न खोजिँदैछ

राजनीति समाचार

नेकपा एमालेका सांसद नवराज सिलवालले नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङबाहेक अरूले हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउनखोजिएको बताएका छन् ।
सिलवालले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन । तर, जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जबर्जस्त प्रयोग गरिँदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ,’ सिलवालले भनेका छन्।
मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी थाल्ननिर्देर्शन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *