सिद्दी स्मृति अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप, अस्पताल तनावग्रस्त

समाचार

भक्तपुरको सिद्दी स्मृति अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै आफन्तले धर्ना दिएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ ढाडा गाउँकी ३० वर्षकी सुत्केरी रिता तामाङको शुक्रबार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल मृत्यु भएको हो ।

घरबाट १५ गते अस्पताल आउँदा सकुशल आएकी तामाङको सोही दिन ४ बजे अपरेसन गरेर बच्चा निकालिएको आफन्तले बताए । बिरामीको अवस्था जटिल भएपछि मात्रै १७ बिहान सिद्दी स्मृति अस्पतालले शिक्षण अस्पतालमा थप उपचारका लागि पठाएको मृतकका जेठाजु लोकबहादुर तामाङले रातोपाटीलाई बताए ।

अस्पतालको १०० प्रतिशत लापरबाही हो, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्छ’ उनले भने । अहिले मृतकका श्रीमानसहित अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *