शहनाजले सिद्धार्थको यादमा गाएको गीतले सबै दर्शकलाई रुवाएको छ केही घण्टामै करोडौं ले हेरे भयो भाईरल !! हेर्नुहोस गीतको भिडियो

भिडियो

काठमाडौँ : शहनाज गिलले शिद्धार्थ शुक्लाको असामयिक निधनपछि उनलाई समर्पित गर्दै ‘तु यहीँ है’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छन्। राज रन्जोधको शब्द तथा संगीतमा बनेको यो गीतको भिडिओ निर्देशन बल देवले गरेका हुन्।

आफु भन्दा धेरै माया गर्ने मान्छेले सदाको लागि छोडेर जानुको पिडा शहनाजले कसरी बिर्शनु ? उनी आफ्नो प्रेमीको पत्यारनै नलाग्ने निधन भए पछि एक्लीयकी छिन् । उनी आफैले शिद्धार्थको सम्झनामा ‘तु यहीँ है’ भन्दै गीत गायकी छिन् ।

गत सेप्टेम्बरमा हृदयघातबाट सिद्धार्थको निधन भएको थियो। रियालिटी सो ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ र शहनाज गिल सोमा सँगै सहभागी भएका थिए।

शुक्रबार सार्वजनिक गीतमा बिग बोसमा शहनाजले सिद्धार्थसँग बिताएका क्षणहरुको फुटेजसमेत प्रयोग गरिएको छ। बिग बोसमा यी दुईबीचको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका थिए। यो गीतले पनि दर्शकबाट धेरै माया पाइरहेको छ। गीत शहनाजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।

प्रेम सम्बन्धमा रहेको यो जोडीले बिहे गर्ने तयारी गरिरहेको खबरसमेत प्रकाशित भएका थिए। प्रेमीको मृत्युपछि आहत भएकी शहनाजले सिद्धार्थलाई सम्झेर तयार पारेको यो भावनात्मक गीत हो। गीतले यो जोडिका प्रशंसकहरुलाई समेत भावुक बनाएको भन्दै भिडि‌योमा प्रतिक्रिया दिएका छन्।

केही घन्टामै लाखौंले हेरेको म्युजिक भिडिओ छोटो समयमै युट्युब ट्रेन्डि‌ङको शीर्षस्थानमा पुगेको हो। ‘तु यहीँ है’ ले हालसम्म १ करोड पचास लाख भ्युज पाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *