टिकटकमा भाईरल जोडी सुरज-सिमा पहिलो पटक मिडियामा । लोभलाग्दो प्रेमदेखि झगडा, हसाएरै मुर्छा पारे (भिडियो हेर्नुस)

भिडियो

काठमाडौं – टिकटकमा पारिवारक र समसामयिक बिषयमा भिडियोहरु बनाएर निकै नै चर्चामा आएका बिराटनगरका सिमा र सुरज अधिकारी मिडियामा आएका छन् ।

दर्शकहरुलाई निकै हसाउने सुरज र सिमाको जोडीलाई सबैले माया गर्दछन् । बिगत एक बर्षदेखि टिकटक बनाउँदै आएका यो जोडीलाई शिशिर भण्डारीले मिडियामा ल्याएका हुन् । पेशाले सुरज शिक्षक हुन् । यता सिमा भने घर गृहणी हुन् । उनीह्रुको एक बच्चा पनि छन् ।

सुरज आफ्ना बिद्यार्थीहरुलाई पनि हसाएरै पढाउने गर्दछन् । धेरै बिद्यार्थीको पिैय शिक्ष हुन्, उनी । सुरज र सिमाका भिडियोहरु टिकटकमा लाखौंले हेरेका छन् । उनीहरुलाई हालसम्म झण्डै ७ लाखले टिकटकमा पछ्याएका छन् ।

सुरज र सिमालाई टिकटककै कारण अहिले धेरैले चिन्दछन् । रमाईला सुरजले सिमालाई बिवाह गरेपछि उनी पनि त्यहि स्वभावको भईन् । वास्तवमा सिमा सुरजको रमाईलो स्भावमै मोहित भएकी थिईन् ।

बिहेपछि श्रीमान श्रीमतीको सल्लाहमा पारिवारिक र सामाजिक बिषयमा गनथन गरेर भिडियो बनाउने सोच सुरजले बनाए । सुरु सुरुमा सिमालाई गाह्रो लाग्थ्यो तर पछि उनी पनि जान्ने भईन् । अन्तर्वार्ता पनि उनीह्रुले निकै हसाए ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :‘मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजिता बस्नेतलाई
‘मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन्। आज भएको ग्रान्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै सुजिता बस्नेतले दोस्रो संस्करणको उपाधि जितेकी हुन्।

सुजितालाई गत वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्‍याएकी हुन्। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सुजिताले १० लाख रुपैयाँ नगद र हीरा जडित ताज पाएकी छिन्।त्यसैगरी, फर्स्ट रनरअप निनाकान्त मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतीक्षा महरा क्षेत्री र फोर्थ रनरअप केशु खड्का भएका छन्।

मिस युनिभर्स विजेताले आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’मा प्रतिनिधित्व गर्नेछिन्। गत वर्षको ‘मिस युनिभर्स नेपाल’को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्।

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्माले नै गरेकी थिइन्।

भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *