प्रकाश पराजुली र मिना बुढाथोकी बने पहिलो दोहोरी च्याम्पियन,बालचन्द्र बराल,रिता रावत सम्मको रुवाबासी,दर्शक झन रोए(भिडियो सहित)

भिडियो मनोरंजन

नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नुभएको छ ।पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।

दोस्रो भएको छ शोभा कार्की र बालचन्द्र बरालको समूह । उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ ।विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो ।त्यस्तै तेश्रो भने रिता रावत र सबिन आचार्य भएका छन राजेन्द्र पाठक र मिना नेपाल उक्त च्याम्पियनबाट सान्तोना भएका हुन्

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

यो पनि पढ्नुहोस :२६ कात्तिकबाट ‘द भ्वाइस किड्स’ प्रशारण हुने
बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो ।यो शोको ‘ब्लाइन्ड अडिसन’ को छायाङ्कन भइसकेको छ । २० भाग प्रशारण हुने शो को ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड हुनेछ । अहिले ब्याटल राउन्डको छायाङ्कन भैरहेको निर्माण युनिटले जनाएको छ शोका निर्देशक लक्ष्मण पौडेल रहेका छन् ।

आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि शोमा ध्यान दिने पौडेलले बताए । यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *