बारमा अधिवक्ताबीच हा’नाहा’न (भिडियोसहित)

समाचार

काठमाडौं – नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हा’नाहा’न भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हा’तपा’त गरेपछि वि’वाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा वि’वाद भएको बताए ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चे’तावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् । केही कानून व्यवसायीहरुले यसरी न्यायालयलाई बन्धक बनाउन नहुने धारणा राखेका छन् ।

यो पनि : धानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीहरू आज पनि इजलास बहिस्कार गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वाेच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् । प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए ।

न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन । तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *