टिकटकमा हात मुठ्ठी पारेर गरिब दुखीलाई सहयोग गर्ने युवती आइन् मिडियामा,यस्तो रहेछ उनले सबैलाई सहयोग गर्नुको कारण (भिडियो हेर्नुस्)

भिडियो

नेपालकी मगर चेलीले दुखी नेपालीहरुलाई सहयोग गर्दै आएकी छिन् ।गिभिना मगरले आफ्नो टिक टकमा बुढाबुढीलाई सहयोग गरेको भिडियो राख्दै आएकी छिन् ।उनले हात मुठ्ठी पारेर दुखी बुबाआमाको अगाडी गइ हात खोलेर केही रकम सहयोग गर्दछिन् ।

जसको कोहि हुदैन उसको भगवान हुन्छ भने जस्तै गिभिना यी आमाबुबाको लागि भगवान बनेर आइरहेकि छिन् ।उनले सहयोग आफ्नो मनबाट गर्दै आएको र यसले आफुलाई कुनै चर्चा नचहिएको समेत बताएकी छिन् ।

उनले सहयोग गर्दा आफ्नो अनुहारपनि देखाएकी थिइनन् ।तर अहिले उनको धेरै चर्चा हुन थालेपछि उनले आफ्नो अनुहार देखाएकी छिन् ।सहयोग गर्दा आफुलाई भित्री खुशी मिल्ने भएर सहयोग गरेको उनी बताउछिन् ।

गरिब दुखीलाई सहयोग गर्नु नै मानवताको प्रतीक भएको भन्दै उनले अरुलाईपनी असाहाय र बेसहारालाई सहयोग गरेर मानव धर्मको पालन गर्न आग्रह गरेकी छिन् ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :भुवन, शिव, करिश्मा र गौरीले एकसाथ भने- हामी कलाकार हौं, उपाधि चाहिँदैन
नायिका गौरी मल्ललाई ‘महानायिका’ भनेपछि नायकद्धय शिव श्रेष्ठ र भुवन केसी विवादमा तानिए । भुवन र शिवको यो कुराले नायिका करिश्मा मानन्धरल पनि खासै खुशी थिइनन् । उनै, करिश्मा बुधबार भुवन, शिव र गौरीको साथमा एक कार्यक्रममा देखिइनन् । करिश्माको साथमा देखिएका भुवन, शिव र गौरीले मिडियाका कारण यो विवाद उचालिएको तर्क गरे ।

यसैविच, अनलाइनखबरले गौरी मल्ल र करिश्मा मानन्धरलाई कुन उपाधिले सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न गर्दा नायक भुवन केसीले भने–‘कलाकार शिव श्रेष्ठ । कलाकार गौरी मल्ल । कलाकार शिव श्रेष्ठ । कलाकार भुवन केसी ।’ भुवनले यसो भनिरहँदा अन्य ३ कलाकारले उनको कुरामा समर्थन जनाए । करिश्माले भनिन्–‘हामीलाई कुनै उपाधि चाहिदैन । हाम्रो नामको अगाडि कलाकार जोडिदिए पुग्छ ।’

शिव र गौरीले पनि आफूहरु कलाकार मात्र भएको बताए । नेपाली चलचित्र क्षेत्रमा केही समयदेखि ‘महानायक र महानायिका’को विवाद चर्किएको छ । अब, यी चार कलाकारले यो विवादलाई फेरि निकाल्छन् या निकाल्दैनन्, त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *