गायीका मधु क्षेत्रीले भनिन् हो म प्रेममा छु , उहाको परिवारले मलाई धेरै माया गर्नु हुन्छ (भिडियो हेर्नुहोस्)

भिडियो मनोरंजन

काठमाडौ । सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी हुन् गायीका मधु क्षेत्री । कैलालीकी उनी सो गीतवाट निकै चर्चित भइन् । सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन् ।

२०४७ सालमा कैलालीको चौमालामा जन्मिएकी क्षेत्रीको बाल्यकाल भने चौमालामै बित्यो । बाल्यकालदेखि नै ठाडी भाका, डेउडा गीत गाईरहन्थिन् उनी । तर उनी सफल हुन सकेकी थिइनन् । तर यो गीतले उनलाई धेरै माझ चिनायो । उनी जति चर्चित भइन् उनको जिवनको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । उनी एक्लै छोरी हुर्काएकी छन् । १५ वर्षकी छोरी छन् । वैवाहिक जिवन असफल भएपछि उनको संघर्ष सुरु भएको हो ।

तर अहिले उनै मधुले आफु प्रेममा रहेको कुरा स्वीकार गरेकी छन् । तर उनले जसलाई प्रेम गर्छिन उनीसंग प्रत्यक्ष भेट भने भएको छैन । प्रेमीको परिवार र आफ्नो परिवारबीच कुराकानी हुने गरेको उनले बताएकी छन् । मलाई उहाँको परिवार पनि आफ्नै बुवा आमा जस्तै लाग्छ उहाँहरुले मलाई निकै माया गर्नुहुन्छ, मधुले भनिन् तर विवाहका बारेमा भने अहिले कुनै योजना बनाएका छैनौं ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :बिष्णुको देउसी भैलो गीतमा राजु-बद्रीदेखि शर्मीला-देवीसम्मको स्वर
सर्जक एवं गायक विष्णु खत्रीले देउसी भैलो गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका ८ जना गायक-गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ ।

विष्णुकै शब्द/रचना रहेको गीतलाई कृष्ण बिकेले एरेन्ज गरेका हुन् । भिडियोमा गायक-गायिकाहरु स्वयंम देखिएका छन् । उनीहरुका साथमा रामजी खाँण, करिष्मा ढकाल र लोमश शर्माको अभिनय भिडियोमा हेर्न सकिन्छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् ।

लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय बिष्णु, राजु, बिमलराज, बद्रीले पहिलोपटक एकसाथ एउटै गीतमा सहकार्य गरेका हुन् । सर्जक एवं गायक बिष्णुले समकालिन कलाकारहरुसँग सहकार्य गर्ने पहिल्यैदेखिको सोँचलाई सार्थकता तुल्याएको बताए । उनले ‘शङ्कर ध्वनि देउसी भैलो’मा बास्तविक देउसी भैलोलाई देखाउने प्रयास गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *