दशैँ कैलालीका थारु जातिले यसरी मनाउँछन्, उनिहरुको दशै आफ्नै किसिमको भब्य हुने गर्छ(भिडियो हेर्नुस)

जीवनशैली भिडियो

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको आफ्नै मौलिक परम्परा रहेको छ । उनिहरुको ठाउँ अनुसार भाषा पनि केही फरक छ । पुर्वी तराइका जिल्ला झापा, मोरङ, सुनसरी र सिराहा सप्तरी उदयपुर जिल्लामै पनि केही भाषा फरक छ । त्यस्तै सुदुर पश्चिमका थारु समुदायको पनि आफ्नै मौलिक परम्परा र भाषा छ । हिन्दु धर्म मै मान्ने भएता पनि उनिहरु र पहाडी समुदायको मौलिक परम्परा भने फरक हुन्छ । चाडपर्व एउटै भएता पनि मनाउने परम्परा भने फरक रहेको छ ।

कैलालीका थारु समुदायले दशैमा टीका लगाउँदैनन । तर दुर्गा पूजा भने गर्ने गर्दछन । घटस्थापनामा राखिएको जमरा तथा आफुले लगाएको अन्न बालिको पातको माला बनाएर, आफ्नो जातिय पहिचान झल्किने पोसाक लगाएर नाजगान गरि दशै मनाउने उनिहरुको परम्परा रहेको छ । एक स्थानमा उनिहरु पूजा गर्ने गर्दछन । घरमा आफैले बुनेको ढाकिमा पुजा गर्न्व सामाग्रीहरु बोकेर नाजगान गर्दै उनिहरु पुजा गर्ने थानमा जाने गर्दछन । त्यह सबै जम्मा भएर पूजापाठ हुने गर्दछ ।

पूजापाठ सकेर घरमै बनाएर ल्याएको खानेकुराहरु सगै खाने उनिहरुको परम्परा रहेको छ । थारु समुदायको एक स्थान हुन्छ पूजापाठ गर्ने, जसलाई उनिहरु थान भन्ने गर्दछन । कसैले नयाँ घर बनाए पछि उक्त थानमा पनि घरकै आकृती देखिने सानो ठाउँ बनाउने उनिहरुको चलन छ । त्यही थानमा उनिहरु चाडपर्वमा फूल, बत्ती, दियो, जमरा लगाएतले पूजापाठ गर्ने गर्दछन । दशैँ तिहार जस्ता पर्वहरुमा सम्पुर्ण परिवार भेला भइ आफ्नो जातिया पोसाक लगाई उनिहरुको मौलिक बाजागाजा सहित गोलो घेरा बनाएर नाचगान गर्ने गर्दछ्न ।

दुर्गा पुजामा हासँ कुखुरा लगाएतको बलि दिने उनिहरुको चलन छ । घरमै दुर्गामातालाई बलि दिएर उनिहरु थानमा नाचगान गर्दै पूजापाठ गर्न जाने गर्दछन । भोलिपल्ट उनिहरु घरको महिला र पुरुष दुई जना गरि अघिल्लो पूजा गरिएको आफ्नो देबिदेउतालाई लिएर नदिमा गइ बगाउने गर्दछन । आफ्नो घरमा बास गर्न आएर आफुहरुको मनोकामना पूरा गरिदिए पछि देबिदेउताहरु आफ्नै बासस्थानमा जाने बिश्वास गरिन्छ । सोही कारण देबिदेउताको पूजापाठ सके पछि नदिमा लगेर उनिहरुलाई आफ्नै बासस्थानमा जाउ भन्दै बगाउने गरिन्छ ।

तर अहिले पछिल्लो पुस्ताले आफ्नो परम्परा बिर्सदै गएकोमा थारु समुदाय चिन्चित छ । अहिलेको पुस्ता पुरातनवादी सोचमा बिश्वास नगर्ने भएकोले गर्दा पनि यस्तो भएको उनिहरुको बुझाई छ । तर आफ्नो मौलिक परम्पराले कसैलाई नोक्सान नगर्ने भन्दै आफ्नो पहिचान झल्किने आफ्नो परम्परालाई निरन्तर राख्नु पर्ने कतिपयको बुझाई छ । विभिन्न जातजाति बसोबास गर्ने नेपालमा सबैको आफ्नै मौलिक परम्परा रहेको छ । त्यो परम्परा आफ्नो चिनारी रहेको भन्दै त्यसलाई जोगाउनु अहिलेको पुस्ताको कर्तव्य ठान्नेहरु पनि धेरै छन । भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा
बलिउड अभिनेता शाहरुख​ खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । मुम्बईको उच्च न्यायलयले आज बेलुकी आर्यनलाई जमानतमा रिहा गर्न फैसला सुनाएको हो ।आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए ।
मंगलबारदेखि मुम्बईको उच्च न्यायलयमा यो बिषयमा बहस भएको थियो ।

आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । आर्यनलाई २ अक्टोबरमा एनसीबीले पक्राउ गरेको थियो ।
(भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *