राजु परियारले पाएको लोक स्वर सम्राट उपाधि प्रति कसको सपोर्ट कसको आपति?पढ्नुहोस

मनोरंजन

लोक स्वर सम्राट उपाधि पाएका लोकप्रिय गायक राजु परियारको बिषयमा पछिल्लो समय टिप्पणी आउन थालेको छ।उनलाई उक्त उपाधि दिएकोमा अधिकंश खुसि छन भने केहि व्यक्तिले उक्त बिषयलाई लिएर सामाजिक संजालमा बिरोध गरेका छन।अग्रजले पाउन पर्ने सम्मान किन राजुलाई भन्ने आसय सहितको फेसाबुक पोष्ट देखिन्छ तर राजुलाई भने उनि भन्दा अग्रज बाटै सपोर्ट देखिएको छ।

बरिष्ठ लोक गायिका हरिदेबी कोइरालाले राजु परियारनै लोक स्वर सम्राट भएको र उनले पाएको सम्मान उचित भएको भन्दै खुलेर प्रशंसा मात्रै गरिनन् राजुलाई स्वर को खानि भन्दै सुभकामना समेत दिईन,राजु बाहेक अरु कोहि लोक स्वर सम्राट हुन नसक्ने उनको भनाइ थियो।

यता लोकप्रिय गायक बद्री पंगेनीले पनि राजु परियारले पाएको उक्त सम्मान नै उत्कृष्ट रहेको र राजु नै लोक स्वर सम्राटको योग्य रहेको बताएका छन।उनि एक कार्यक्रममा राजुलाई अंगालो हाल्दै उक्त उपाधि पाएकोमा बधाई व्यक्त गरेका थिए संगै राजुलाई अझ राज्यले सम्मान गर्न पर्ने समेत बताएका थिए।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

परदेशमा बस्दै आएका सर्जक खेम पुनको भने फरक मत देखिएको छ।राजु परियारले पाएको सम्मानलाइ टिप्पणी गर्दै उनले फेसबुकमा लेखेका छन “जबरजस्ती महागायक घोषणा गर्दै नहिड साथि हो महङ्हो पर्ला,केहि झुण्डले निर्णय गर्दै गर्दा हाम्रा सयौ अग्रज हरु माथि नजर अन्दाज गरिनुहुन्न 🙏” उनको टिप्पणीमा दर्शक र कलाकारको पनि फरक कमेन्ट देखिन्छ,कतिले सपोर्ट गरेका छन भने कतिले बिरोध गरेका छन।

त्यस्तै लोकप्रिय गायक बिमल राज छेत्रीले पनि राजु परियारले स्वरको आधारमा पाएको लोक स्वर सम्राट उपाधि लायक रहेको बताएका छन उनले भनेका छन “राजु एक त्यस्ता बौद्धिक कलाकार हुन् जसले कलाकारिता राम्रो संग बुझेर यो ठाउँ सम्म आए,लमजुङको त्यो दुर्गम ठाउँ देखि गीत संगीत भनेर मरेर लागे आज उनि यो उपाधिबाट सम्मानित हुनु त् गर्वको कुरो हो”।संगै उनले भने “उपाधि पाएर राजुलाई दिएर भोलि अर्कोलाई पनि खुसि पार्ने चलन छ यो चाही न होस्।”

लोकप्रिय गायक बिष्णु खत्रीले राजु परियारले पाएको सम्मानको खुलेरै प्रशंसा गरेका छन उनले एक कार्यक्रममा भनेका छन “राजु मित ज्युले अझ राज्यबाट पाउन पर्ने हो यो सम्मान उहाले जुन योगदान यो क्षेत्रमा गरेका छन सोहि अनुरुपको सम्मान राज्यले भने गर्न सकेको छैन यस बिषयमा दुखित छौ तर उहालाई संसार भरिका दर्शकले यही सम्मान दिएका छन। संगै लोक स्वर सम्राट राजु परियारले पनि आफुलाई सबैको सपोर्ट रहेको भन्दै खुसि व्यक्त गरे।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

लोकप्रिय गायिका टिका सानुले पनि राजु परियारलाई शुभकामना दिएकी छिन्,फेसबुकमा लेखेकी छन :कहिले दुख कहिले सुख यात्रा जिन्दगी को । कोरोना कहरले प्रभावित पारेको साङ्गितिक कार्यक्रम अब बिस्तारै सुचारु हुदैछन। दसैं तिहार बिशेष साङ्गितिक कार्यक्रम गितानगरमा हिजो अग्रज कलाकार लोक स्वर सम्राट आदरणीय दाइ राजु परियार ,सरोज बिरही कार्की,अस्मिता डल्लाकोटि ,सिर्जना हुमागाइ र राजु लामिछाने सर सङ्गै रमाउने माहोल सृजना गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद हिमालय रेष्टुरेन्ट एण्ड कटेजका संचालाक सुरज पहारी दाइ ❤️🙏** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि पढ्नुहोस :फिल्मको एउटा दृश्यका लागि १ सय हात्तीको अडिशन
ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती थिएन । फिल्ममा ठूलै लगानी गरिएको थियो । यस फिल्मसँग जोडिएको एउटा किस्साले कसरी पैसाको खोलो फिल्ममा बगाइएको थियो भन्ने पुष्टि गर्छ । फिल्मका सह निर्माताका तथा निर्देशक आशुतोष गोवारिकरकी पत्नी सुनिता गोवारिकरका अनुसार यस फिल्ममा एउटा सिनका लागि आशुतोषले १ सयवटा हात्तीहरुको अडिशन लिएका थिए । सुनिताले आफ्नो इन्स्टाग्राममार्फत भिडियो शेयर गर्दै यस किस्सा सुनाएकी हुन् । सुनिताले यति धेरै हात्ती किन चाहिन्छ भनेर आशुतोषसँग सोधेकी पनि थिइन् । आशुतोषको जवाफ थियो, ‘भाले हात्ती निकै आक्रामक हुन्छ । त्यसैले कलाकार तथा प्राविधिकको सुरक्षाका लागि महिला हात्तीहरु पनि ल्याउनु जरुरी छ ।’

आशुतोषले सबै हात्तीहरु एकै आकारको हुनुपर्ने माग पनि गरेका थिए । यसरी यी हात्तीहरुलाई सेटमा ल्याइयो । त्यसपछि आशुतोषले नाम लिएर उनीहरुलाई बोलाउन थाले । यसमध्ये ८० वटा हात्ती फिल्ममा देखिए । आईएमडिबीका अनुसार फिल्मको सुटिङका १ सय घोडा र ५५ ऊँट पनि प्रयोग गरिएको थियो । ऋतिक रोशन हात्तीहरुसँग् समय बताउथें, ताकि उनीहरुसँग घुलमिल हुन सकियोस् । ऋतिकको गन्ध र आवाजलाई समेत हात्तीहरुले चिन्न थालिसकेका थिए ।
फिल्ममा भव्य सेट, शानदार एक्सन सिन, रोमान्टिक गीत, ऋतिक रोशन र ऐश्वर्या राय बच्चनको केमेस्ट्रीलगायत धेरै विशेषता थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *