आर्यन खान र अनन्या पाण्डेबीचको च्याटमा नयाँ खुलासा,आर्यन जेलमै बस्ने पक्का

मनोरंजन

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसका कारण जेलमा छन् । उनीसँगै अभिनेत्री अनन्या पाण्डे पनि विवादमा तानिएकी छन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले लागूऔषधका विषयमा आर्यन र अनन्याको नयाँ च्याट सार्वजनिक भएको छ । च्याटमा दुईजनाले लागूऔषध लेनदेन र एनसीबीको पनि चर्चा गरेका छन् ।

एउटा च्याटमा अनन्याले कोकेन टुमरो अर्थात् भोलि कोकेन खाने भनी अफर दिएकी थिइन् । अनि अर्को च्याटमा आर्यनले साथीहरूलाई एनसीबीको नाममा धम्क्याएका पनि पाइएको छ ।

ह्वाट्सयाप च्याटमा आर्यनले अचित कुमार नामक दलालसँग थोक मात्रामा लागूऔषध किन्ने कुरा गरेका छन् । आर्यनले अचितसँग ८० हजार भारु बराबरको लागूऔषध मगाएका थिए । आर्यन र अनन्याको च्याट सन् २०१९ को जुलाई महिनामा भएको थियो । आर्यनले चरेसको कुरा झिकेका थिए । अनन्याले त्यसको धेरै माग रहेको बताएकी छन् ।

अर्को च्याटमा उनीहरूबीच कोकेनको कुरा भएको छ । एनसीबीले त्यही च्याटका आधारमा अनन्यासँग सोधपुछ गरिरहेको छ । च्याटले आर्यनलाई थप अप्ठ्यारोमा पार्ने देखिएको छ ।आर्यन धरौटीमा रिहा नभएपछि मुम्बईको आर्थर रोड जेलमा छन् । एनसीबीले अनन्यालाई दुईपटक अफिसमा बोलाएर सोधपुछ गरिसकेको छ ।

यो पनि पढ्नुहोस :खानको लागि पैसा नभएपछि अफगानी परिवारले ५०० डलरमा बेच्यो बच्चा
भोकमरीले ग्रस्त अफगानी परिवारहरूले पैसाका लागि आफ्नो सन्तान बेचिरहेको बीबीसीको रिपोर्टले देखाएको छ । तालिबानले शासन चलाउन थालेपछि विदेशी सहयोग बन्द भएकाले अफगानिस्तानको अर्थतन्त्र धराशायी छ । बीबीसीकी संवाददाता योगिता लिमाये हेरात शहर बाहिरको एक गाउँमा पुगेकी थिइन् । त्यहाँ एक आमाले आफ्नी नवजात शिशुलाई ५०० डलरमा बेचेको बताइन् ।

अन्य सन्तानलाई खाना किन्नका लागि छोरी बेचेको उनको भनाइ छ । छोरी किन्ने मान्छेले उनलाई हुर्काएर आफ्नो छोरोसँग विवाह गराउने भनेका छन् तर त्यसको ग्यारेन्टी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *