हिट गीत ‘कालो केशमा रेलिमई’ की यति राम्री ‘चियावाली’ मिडियामा । हिरोईन बन्ने मन, प्रेम प्रस्तावको ओईरो (भिडियो हेर्नुस)

भिडियो मनोरंजन

गितार बजाउँदै गीत गाउनु दिनेश ढकालको रुची हो । आफू कुनै दिन गायककै रुपमा चिनिनसक्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन । तर गायकको रुपमा चिनिने रहर नभएको भने चाहिँ होइन । लकडाउनमा समय कटाउने मेलोको रुपमा आफूले लेखेको गीत ‘कालो केशमा रेलिमई, बाँधेको रिबन, युट्युव र टिकटकमा भाइरल भएपछि भने उनी दंगदास छन् । साथीभाइ माझ गितारको धुनसँगै गीत गुन्गुनाउँदा उनलाई कताकता ‘म नि गीत रेकर्ड गर्न सक्छु कि !’ भन्ने लाग्थ्यो । समयसँगै गायक बन्ने सपना अन्तै मोडिएपनि कोरोना महामारीबीच भएको लकडाउनमा उनले केही गीतका शब्द कोरे । त्यो मध्ये लोक लयमा कोरिएको ‘कालो केशमा रेलिमई’ अहिले युवापुस्ताको जिब्रोमा झुण्डिएको छ ।

खासमा कोरिएका गीतहरु मध्ये रेकर्डिङका लागि अन्तिम प्राथमिकतामा थियो, ‘कालो केशमा रेलिमई’ । पपगीत गाउन रुचाउने उनले पहिला पप शैलीकै गीतको रेकर्डिङलाई प्राथमिकतामा राखेका थिए । उनी आफ्ना गीत ‘आर्टमाण्डु’सँगको सहकार्यमा निकाल्न चाहन्थे । संगीतमा छुट्टै खालको प्रयोग गरिरहेको आर्टमाण्डुका कामहरुले उनलाई तानेको थियो । आर्टमाण्डुसँग जोडिने हुटहुटीबीच उनको भेट अंकितबाबु अधिकारीसँग भयो । मनमा उब्जिएका अनेकौं संशयलाई पन्छाउँदै उनले आत्मविश्वास बटुलेर अंकितलाई भेटे ।

आफ्नै कम्पोजिसनमा तयार पारेका सबै गीतहरु सुनाए । सबै पप ट्युनका गीत सुनाइसकेपछि अन्त्यमा सुनाए ‘कालो केशमा रेलिमई’ । सो ट्युन सुनेपछि अंकितले अरुलाई थाँति राखेर त्यही गीतमा काम गर्न सल्लाह दिए । यसैबिच गीतकी मोडल अल्का सुवेदी मिडियामा आएकी छिन् । गीतबाट निकै चर्चा पाएकी अल्कालाई यतिबेला चियावाली भनेर चिन्न थालेका छन् । शिशिर भण्डारीसँग कुराकानी गर्दै उनले यस्तो भनिन् । भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस पारसलाई भेटेपछि भरतमणि लेख्छन्, ‘शुभचिन्तक थिएँ, प्रशंसक भएँ’
भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ का विजेता हुन् । प्रतियोगिताको सेमिफाइनलमा पूर्व युवराज पारस शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएर सिधै फाइनलमा पुग्न सफल भएका थिए । शोमा पुर्व युवराजको गेटअपका लागि उनले दुई बर्ष तयारी गरेका थिए । स्वतन्त्र मानिस भएर कसरी बाँच्न सकिन्छ भन्ने एउटा उदाहरणको रुपमा शाह पाएको बताएका पौडेलले नक्कलका लागि शाहको बोलेको सबै भिडियो, हाउभाउ, नृत्य, रियाक्ट लगायत सबैको अध्ययन गहिरिएर गरेका थिए ।

शाहको प्रस्तुतिबाट दर्शक तथा निर्णयको फेबरेट प्रतियोगी हुँदै उपाधिको नजिक पुगेका उनले प्रस्तुतिका कारण पुर्व राजपरिवारबाट प्रशंसा समेत पाएका थिए । प्रस्तुतिपछि चौतर्फी चर्चा बटुली रहदा पौडेलले भने मिडियासँग शाह भेट्ने अवसर नमिलेको र भेट्ने चाहना रहेको बताएका थिए । सेमिफाइनलमा शाह भेट्ने चाहना राखेका भरतको उक्त चाहना विजेता बनेपछि पुरा भएको छ । उनले केही दिन अगाडि शाहलाई भेटेका हुन् । उनी आफैले सामाजिक संजालमा एक तस्बिर शेयर गर्दै यसको बारेमा जानकारी दिएका छन् ।

‘एकदमै खुसी छु, केही दिन अगाडि पुर्व युवराज पारस शाह भेट्ने अवसर मिल्यो । उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौँ’ पौडेल अगाडि लेख्छन् ‘लगभग एक घण्टाको बसाइमा रमाइलो गफ भयो ।’ पहिले आफू उहाँको शुभचिन्तक रहेको उल्लेख गरेका उनले भेट पछि झन् ठुलो प्रशंसक भएको बताएका छन् । ‘साच्चै नै भन्ने हो भने उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ । यो अवसर मिलाइ दिनुहुने मुनन्द्र सरलाई धेरै धेरै धन्यवाद’ उनले अगाडि थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *