धनकुटामा श्रीमान मृत्युको खबरले श्रीमतीले रुँदारुँदै त्यागिन् प्राण : दुवैको एकैसाथ गरियाे अन्त्यष्टि

समाचार

धनकुटा । मृत्यु यति अनौठो छ की जो मान्छेपिच्छे फरक छ । कसैको दुखद निधन हुन्छ भने कसैको महाप्रस्थान हुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा एउटा यस्तै घटना भएको छ । खोलाले बगाएर श्रीमानको मृत्यु भएको खबर सुनेपछि पीडा सहन नसकी श्रीमतीको पनि निधन भएको छ।

सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृत अवस्थामा फेला परेका थिए। फेला परेका राईको लाश धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्येष्टी गरेका छन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर त्यो खबर पाउनासाथ श्रीमतीकोपनि निधन भएको छ । उनलाई हार्ट अट्याक भएको अनुमान गरिएको छ । राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।

श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।

बिहीबार दिउँसो धरानको हरियाली सामुदायिक वन क्षेत्रमा श्रीमान–श्रीमती दुवैको एकैसाथ अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईलगायत नेताले पार्टीको झन्डा ओढाएर उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । स्व.राई नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत गत महिना सम्पन्न वडा अधिवेशनबाट साँगुरीगढी–१० को वडा सभापतिमा निर्वाचित भएका थिए । स्व.राई दम्पतीका एक छोरा र एक छोरी छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि पढ्नुहोस :राजीनामा नदिने प्रधानन्यायाधीश राणाको अडान
काठमाडौं । असन्तुष्ट न्यायाधीशहरु र प्रधानन्यायाधीशबीचको छलफल जारी छ । न्यायालयमा देखिएका समस्याहरुको विषयमा छलफल गर्न भन्दै न्यायाधीशहरुले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणासँग भेटघाट गरेको थिए ।

छलफलका क्रममा प्रधानन्यायाधीश र न्यायाधीशहरु बीच पछिल्ला समय न्यायालयसँग जोडिएर चर्चामा आएका विषयहरुको बारेमा छलफल भइरहेको बताइएको छ ।

गत आइतबार नेपाल बार एशोशिसनका पदाधिकारी तथा सदस्यहरुसँग छलफल गरेपछि प्रधानन्यायाधीश राणाले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका थिए । तर प्रधानन्यायाधीशसँग असन्तुष्ट रहेका १४ न्यायाधीशहरुले बैठक बहिस्कार गरेका थिए । असन्तुष्ट न्यायाधीशहरुले छुट्टै छलफल गरी आज प्रधानन्यायाधीशसँग भेटघाट गर्ने तय गरेका थिए ।

पछिल्लो समयमा प्रधानन्यायाधीश राणासँग जोडेर विभिन्न राजनीतिक समाचारहरु बाहिरिएका छन् । सो पछि न्यायाधीशहरु तथा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् । सो क्रममा प्रधानन्यायाधीश राणाले आजको बैठकमा आफूले राजीनामा नदिने बताएको स्रोतले जनाएको छ ।

अन्य न्यायाधीशहरुका विषयमा समेत विवाद उठेकाले सबैले सामूहिक राजीनामा नदिने अडान लिएको स्रोतको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *