डि’भो’र्सपछि स्मारिका समारीका एलिना चौहानसँग दिल खोलेर हाँसे! पल समीक्षाकाे चर्चामा एसो भन्छन (भिडियो सहित)

भिडियो मनोरंजन

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएपछि यो बिषयले राम्रै चर्चा पायो । झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा यसअघि नै हल्ला चलिरहेको थियो तर पछिल्लो समय भने विवेक स्वयंमले टिकटमा लाइभ आएर यसको पुष्टि गरे। उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन।

टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका जोडी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। समारिकाले भने बिहे गरेकी छैनन् डिभोर्सको भित्री कारण भने दुबैले खुलाइएका छैनन् । कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।

आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन। स्मारिकाले विवेकसँग १८ बर्षकै उरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन् ।

स्मारिकाको सामाजिक संजालमा निकै सक्रिय छन् । उनले समय समय निकै सुन्दर तस्बिर र भिडियो साझा गरिरहन्छिन् । जहाँ फ्यानहरूको प्रतिक्रियाको बर्षा हुन्छ । अधिकांशले उनको सुन्दरता र अभिनयको तारिफ गरिरहन्छन् । भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस :सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरु उत्साहित कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् ।

दशैंको अवसरमा देशका विभिन्न जिल्लामा थुप्रै सांगीतिक कार्यक्रमहरु भए । ति कार्यक्रमहरुमा थुप्रै कलाकारहरुले प्रस्तुती दिए । अब, तिहार विशेष कार्यक्रमहरु पनि तय हुन थालेको कलाकारहरु बताउँछन् । यसरी स्टेज कार्यक्रमहरु सुरु हुन थालेपछि कलाकारहरुमा उत्साह थपिएको छ ।गायक प्रमोद खरेलले डेढ वर्षपछि दशैं अगाडि केही सांगीतिक कार्यक्रममा प्रस्तुती दिए । दशैं अगाडि काठमाडौं, नवलपरासी, झापा, मोरङलगायतका स्थानमा सांगीतिक कार्यक्रममा प्रस्तुती दिएका प्रमोदलाई तिहार विशेष कार्यक्रमका लागि थुप्रै स्थानबाट अफर आईरहेको छ ।

खरेलले अनलाइनखबरसँग भने–‘सामान्य अवस्थामा हुँदा जतिकै त कार्यक्रमहरु हुन सुरु भएका छैनन् । पहिलेको जस्तो माहोल आउन त समय लाग्छ । तर, कार्यक्रमहरु हुन सुरुवात चाँही भएको छ । यसले कलाकारहरुमा उत्साह थपेको छ ।’तिहार विशेष कार्यक्रमका लागि इटहरी, सिक्किम लगायतका स्थानबाट कार्यक्रमको कुरा आईरहेको बताउँदै उनले अगाडि भने, – ‘तिहारमा दुबई पनि जाँदैछु ।’

गायक शिव परियारले दशैं अगाडि तीनवटा स्टेज सो गरे । तिहारपछि उनको भारतमा स्टेज सोको तय भएको छ । देशभित्रका अन्य केही स्थानबाट समेत तिहार विशेष कार्यक्रमका लागि कुरा आईरहेको जानकारी दिए ।

दशैंको आसपासमा गायक खेम सेञ्चुरीले पनि केही स्टेज कार्यक्रममा प्रस्तुती दिए । उनले भने, ‘आउँदो सातादेखि तिहार विशेष केही सांगीतिक कार्यक्रमहरु तय भएका छन् । अब, कोरोनाले प्रभावित पारेको स्टेज कार्यक्रमहरु विस्तारै लयमा फर्किने अपेक्षा छ ।’

गायिका रचना रिमालले दशैं आसपासमा आधा दर्जन स्टेज कार्यक्रममा आफ्नो प्रस्तुती दिइन् । कीर्तिपुर, सिमरा, गाईघाट, उर्लाबारी लगायतका स्थानमा स्टेज कार्यक्रम गरेकी रचनालाई तिहार आसपासमा हुने सांगीतिक कार्यक्रमका लागि विभिन्न स्थानबाट निम्तो आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *