विरामी बचाउन हुकिएको एम्बुलेन्सले उल्टै लियो २ जनाको ज्यान

समाचार

बुटवल । विरामी बचाउन हुकिएको एम्बुलेन्सले उल्टै २ जनाको ज्यान लिएको छ । रुपन्देहीमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल सवार दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई प्रहरी नियन्त्रणमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस :छोरीको घर हिँडेका वृद्धको खोलाले बगाएर मृत्यु
धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा चौबीसे गाउँपालिका-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खोला गर्नेक्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए। छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृत अवस्थामा फेला पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *