कोरियाको टिकट र भिसा पठाएकै दिन भागेको भनिएकी केशरी सम्पर्कमा, उल्टै खोलिन् श्रीमानका यस्ता पोल (भिडियो हेर्नुस्)

भिडियो

मैले श्रीमतीलाई कोरिया लैजान चाहन्थे तर टिकट र भिसाा समेत लिइसकेपछि श्रीमती सम्पर्क विहिन भइन भन्दै मिडियामा आएका सुर्खेतका तिलक बहादुर चौधरीले आफै बोली फेरेका छन् । उनले अब मलाई श्रीमती चाहिन्न, मलाई सम्पत्तीको पनि माया छैन म अलग हुन चाहन्छु भनेका छन् । उनी आफै कोरियावाट नेपाल आएर पनि परिवारको सम्पर्कमा नआएको खुलेको छ ।

श्रीमानले कोरियावाट आएर श्रीमती हराइन् भन्दै भिडियो सार्वजनिक गरेपछि उनको श्रीमती सम्पर्कमा आएकी हुन् । उनले श्रीमानले एक तर्फी रुपमा आफुलाई आरोप लगाएको बताएकी छन् । सुर्खेतका तिलक बहादुर चौधरी कोरियामा थिए नेपाल आएर उनले केशरी चौधरीसंग विवाह गरे ।

घर परिवार राम्रो चलिरहेको थियो । तिलकले श्रीमती केशरीलाई पनि कोरियामै लैजान पाए झन राम्रो हुन्थ्यो भन्ने लाग्यो । उनले त्यही योजना बनाए । उनीहरुको मागी विवाह भएको थियो ।

उनले कोरीयामा राम्रै पैसा कमाउँथे । उनले कमाएको पैसा सबै श्रीमतीको नाममा पठाए । राम्रै चलेको थियो उनले श्रीमतीलाई पनि कोरिया लैजान सबै प्रोसेस मिलाए । भिसा लाग्यो, उनले टिकट पनि लिए । अनि श्रीमतीसंगै कोरिया आउन भनेर नेपाल फर्किए ।

श्रीमतीलाई कोरिया लिएर जाने भनेर नेपाल आएका तिलकले कल्पना पनि गर्न नसक्ने कुरा सहे । जब टिकट लिएर उनी कोरियावाट नेपाल आए कोरिया उड्ने बेलामा श्रीमती भने अन्तै हिडिन् । यहि आरोप तिलकले केशरीलाई लगाएका छन् । तर फोन सम्पर्कमा आएकी केशरीले भने आफुले केही गल्ती नगरेको र माइतीको संरक्षणमा बसेको बताएकी छन् ।भिडियो हेर्न तल लास्ट मा जानुहोला

यो पनि पढ्नुहोस: भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको जातीय विभेदका कारण हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा संयुक्त राजनीतिक दलित संघर्ष समितिले तीन दिनदेखि प्रदर्शन गरिरहेको छ ।

घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

आन्दोलनको बारेमा जानकारी दिँदै अभियन्ता दलमर्दन कामीले न्यायको सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको बताए । उनले चितवन प्रहरीसँग घटनाबारे जानकारी लिन भिडियो फुटेज माग्दासमेत नपाएको गुनासो पोखे । “प्रहरीले जातीय विभेद होइन भन्छ । अनुसन्धानमाथि कसरी विश्वास गर्ने ?” उनले भने ।

पूजा गर्न जाँदा दलित भएकै कारण विश्वकर्माको मारिएको पीडित परिवारको भनाइ छ । गत असोज २८ नवमीका दिन मन्दिरमा दुर्गा पूजा गर्न जाँदा स्थानीय सिताराम बस्नेत र दीलिप श्रेष्ठसँग विवाद हुँदा कुटपिट भएपछि उनी गम्भीर घाइते भएका थिए । घाइते विश्वकर्मालाई आरोपित बस्नेत र दीलिपले अस्पताल लैजाँदै गर्दा उनको मृत्युभइसकेको थियो ।

आरोपितलाई चितवन प्रहरीले सोही दिन गिरफ्तार गरी अनुसन्धानका लागि थुनामा राखेको छ । “आरोपित थुनामै छन् । अनुसन्धान भइरहेको छ,” डीएसपी नरहरि अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *