पलसँगको सम्बन्धबारे बोलिन् समिक्षा, ‘मैले यो अपेक्षा गरेकी थिइन’, आखिर के हो त बास्तबिकता ? (भिडियो सहित)

मनोरंजन

पछिल्ला केहि समयहरुमा नायक पल शाह र गायिका समीक्षा अधिकारी मिडिया संग भागिरहेका छन् भन्ने हल्ला संगै दुई बिचको अन्तर सम्बन्ध बीचका केहि समाचारहरु बाहिर आए ।

यी हल्ला बाहिर गर्दै गर्दा गोप्य शुत्रलाई आधार मानेर नेपाल प्रेस डटकमले समाचर छाप्यो उक्त्त समाचारको शिर्षक थियो गसीपमा पल -समीक्षा : प्रेम, विवाद र समझदारीको अन्तरकथा , उनीहरु दुवै यस बिषयमा बोल्न नचाहे पनि समाचार नै छापिएपछी यो गसीप अझै फैलिएको छ ।

एउटा समाचारलाई आधार मानेर थुप्रै समाचारहरु बिभिन्न मिडियाहरुमा आइरहेका थिए । सोसल मिडियम त झन् यो एक कान मैदान हुदै झन् बढी फैलिएको छ । आखिर के हो त बास्तबिकता ? नेपाल प्रेस केहि खोजीनिती गरेको थियो तर कुन स्रोत बाट यो समाचार आयो भन्ने खुलाईएको छैन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यसै समाचारको बिषयलाई लिएर गायिका समीक्षा अधिकरिले सोसल मिडिया फेसबुकमा स्टाटस लेखेकी छिन जुन जस्ताको त्यस्तै :-यस्तो छ समीक्षाको स्पष्टीकरण

नमस्कार,
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक श्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोकल्पित समाचारहरु आएका छन् । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिएका छन् । यसो नगर्नु हुन अनुरोध गर्दछु । बिना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ, यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।

एउटै इण्डस्ट्रीजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ, र हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौँ । राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्रहत्या हुने किसिमले लेखिएका समाचारले निकै दुखी छु । मैले यो अपेक्षा गरेको थिइनँ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

म जे छु, जहाँ छु यो सब मेरा भगवानरुपि दर्शक श्रोताको देन हो र हजुरहरुलाई कुनैपनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन । मेरो बारेमा मिडियामा आएका झुटा समाचारप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्नु हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जीवनमा आँच आउने मानहानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरै धेरै माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *