टिकटक स्टार अंश बर्मा द्वारा ५० घरपरिवार बाढि पि’डितलाई खा’द्यान्न वि’तरण !

मनोरंजन समाचार

कञ्चनपुरका टिकटक स्टार मनकारि युवा अंश बर्मा द्वारा ५० घरपरिवार बाढिपिडितलाई खाद्यान्न वितरण !
असौज ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण भिमदत्त नगर पालिकाकाे वार्ड १२ र १३काे स्कुलमा आश्रय स्थल बनाइ बसेका वाढिपिडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको हुन् । प्रत्येकलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकट दिएका थिए ।

‘केन्द्रीय, प्रदेश, र स्थानिय तहका सरकारले गर्नु पर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गरेका थिए ।’ ‘वर्माले यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिले आफुहरुले नविर्सने र उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले भनिन्न।’

‘आफुले यसरी सानो सहयोग गर्न पाउदा सार्है खुशी लागेको साथै आगामी दिनमा पनि आफ्नो तर्फ बाट हुने सहयोग गर्न पछाडि नपर्ने बर्माले बताए ।

यो पनि :बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत
५ कार्तिक, बैतडी । ३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षाका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान गुमाए । कार्तिक सुरुमा भएको वर्षाले बैतडीका सयौँ घरपरिवारलाई घरबार विहीन बनाएको छ भने, जिल्लाका दर्जनौँ बस्ती जोखिममा छन् । सबैभन्दा बढी क्षति सिगास गाउँपालिकामा भएको छ ।

सिगास–५ मा पाँचवटा घर भत्किनुका साथै एस सय १० परिवारको एक सय ५० बिगाह धानखेत बगरमा परिणत भयो । पहिरोले सुर्नया गाउँपालिका–८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भए । पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिए ।

१ कात्तिकमा खसेको पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा, उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्ण रुपले विस्थापित भएको उनले बताए । यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्तीमाथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो । ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको छ ।

यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष बोहराले बताए । कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै सुर्नया गाउँपालिका–७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा छन् । घरमाथिबाट खसेको पहिरोले तीन घर आंशिक रुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए ।

मेलौली नगरपालिका– २ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ । स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि परिवार नै विस्थापित छ । लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

दशरथचन्द नगरपालिका– २ का विभिन्न ठाउँमा क्षति भएको छ । वडा २ मा तीन घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको स्थानीय एमाले नेता सुर्य बोहराले बताए ।

सरगरमा एकघर भत्किएपनि १८ घरहरु पहिरोको उच्च जोखिममा रहेको बोहराले बताए । पहिरोका कारण विद्यालय जाने बाटो र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ । पाटनमा वर्षाले ५ओटा घर पूर्णरुपले भत्किएको छ भने अन्य धेरै घर संरचना तथा सरकारी संरचनामा क्षति पुगेको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले वताए ।

पीडितलाई राहत दिन नसकेकोमा भने उनी चिन्तित छन् । श्रोत नभएकाले विगतका वर्षमा पनी लाखौँको क्षति भएका परिवारलाई पाँच हजार मात्रै दिन सकिएको र यसपालि समेत यो भन्दा वढी दिन नसकिने उनको भनाइ छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द स्थानीय सरकारसंग पर्याप्त बजेट नभएको भन्दै पीडितलाई संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *