धरानमा पहिरोले घर पुरिदा वेपत्ता २ बालबालिका मृत अबस्थामा फेला

समाचार

धरान / धरानमा आज परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले बताएकाे छ ।

आज दिउसो पौने २ बजे घरमाथीबाट पहिरो झरी राईको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बालबालिका समेत पुरिएका थिए ।

घटनाको जानकारी पाएकाे ईलाका प्रहरी कार्यालय धरानकाे उद्धार टोलीले दिउसो साढे ३ बजे दुईजना बालबालिकालाई मृत अबस्थामा फेला पारेको थियाे ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।

इनरुवा / अविरल वर्षा सँगै खसेको पहिरोले धरान १३ मा घर पुरिंदा २ जना वेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार वेपत्ता हुने दुवैजना बालबालिका रहेका छन् । उनीहरु एकै घरका दिदी भाई रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कुमार कार्कीका अनुसार पहिरोले धरान १३ को नागेश्वर मार्गमा रहेको निशान राईको घर पुरिएको हो । पहिरोसँगै राईका छोरा र छोरी वेपत्ता भएको उनले बताए ।

कार्कीले वेपत्ता भएकाहरु पुरिएको हुन सक्ने आशंकामा उद्दार कार्य जारी रहेको बताए । उनले निरन्तरको वर्षाका कारण उद्दारमा भने समस्या आएको बताए । सुनसरी प्रहरीका अनुसार पहिरो खसेसँगै वेपत्ता हुनेमा ७ वर्षिया निसु राई र वर्ष ४ का निहान राई रहेका छन । उद्दार कार्यको लागि घटनास्थलमा थप टोली पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *