मोटरसाइकल दुर्घटनामा भाई गुमाएका मनोज गजुरेल विछिप्त

मनोरंजन समाचार

हाँस्य कलाकार मनोज गजुरेलका भाई विवेकको सडक दुर्घटनामा निधन भएपछि गजुरेल निकै दुखी भएका छन् । गजुरेलका मामाका छोरा विवेकको मोटरसाइकल दुर्घटनामा निधन भएको हो । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत लामो स्टटास लेखेर त्यसवारे जानकारी दिएका हुन् । साथै गजुरेलले आफ्ना भाईको निधनको कारण सडक मर्मतमा सडक विभागले ध्यान नदिएको भन्दै गुनासो गरेका छन् ।

आइतवार एक लामो स्टाटस लेखेर उनले सडक मर्मत नगर्ने कमृचारी र सम्बन्धीतलाई कारवाहीको माग गरेका छन् । उनले लेखेको स्टाटस यस्तो छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

विवेक मृत्युको कारण ज्या’न मा रा सडकको कामचोर विभाग
२२ बर्षीय भाइ विवेक सापकोटा काठमाडौबाट मोटर साईकलमा एक्लै पुर्व जाँदै थिए । २१ बर्षकै दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए । महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा दयारामको बाईक अनियन्त्रित भएर आफ्नो लेनमा कुदिरहेको विवेकको बाईकसँग जुध्न पुगे । विवेक र दयारामको मृत्यु भयो, चन्दन कुमार घाईते भए ।

दुर्घटनामा बितेका २१ बर्षिय दयारामपनि कसैको मुटुको टुक्रा थिए । उनका परिवारमा पनि ठुलो बज्रपात परेको छ । उनिप्रति पनि हार्दिक श्रद्धाञ्जली🌷दयारामले मा र्छु भनेर विवेकलाई हा ने को पनि हैन होला, विवेकले म र्छु भनेर दयारामको बाईकमा ठो कि एका पनि नहोला । सत्यतथ्य के हो, प्रहरीले पत्ता लगाउला तर अमाहा सडक दुर्घटनाको एउटा गम्भीर पाटोको बारेमा बोल्नैपर्ने भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

जुन ठाउँमा दुर्घटना भयो, त्यहाँ लामो समयदेखि एउटा ठूलो खा ल्डो छ । कल्भर्ट छेउको त्यो खा ल्डो पुर्न स्थानीयवासीले धेरै पटक अनुरोध गरे । अनुरोधको सुनुवाई नहुँदा प्रदर्शनहरु भए, जुलुस निस्किए । हिजो त झ ड प नै हुनपुग्यो । केही स्थानीय र प्रहरीहरु घाईते भए । उनिहरुको उपचार चलिरहेको छ । सिघ्र स्वास्थलाभको कामना ।


हाम्रो भाइ विवेक अनि सम्भवत दयाराम राजवंशी दुवैजना श्रमजिवी परिवारका सदस्य थिए । उनिहरु त बितेर गए तर सडक मर्मत सम्भारमा गैरजिम्मेवार देखिएको सरकारका कारण निम्तिएका यस्ता दुर्घटनाले खोसेका विवेक र दयाराममा आश्रीत परिवारलाई न्याय र क्षतीपुर्ती कसले दिन्छ ? केन्द्र सरकार ? प्रदेश सरकार ? स्थानीय सरकार ? कि निर्माण र मर्मतको जिम्मा लिएको ठेकेदार कम्पनी ?**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

सप्तरीको यो सडक दुर्घटना एउटा प्रतिनिधि घटनामात्र हो । देशैभरीका सडकमा यस्ता समस्या छन् । बर्सेनि हजारौंको संख्यामा नागरिकको ज्यान जाने गरेको छ । समाधानको अनुरोध गर्दा केन्द्र सरकार प्रदेश सरकारलाई देखाउँछ । प्रदेश सरकार स्थानीय सरकारतिर पन्छाउछ । स्थानीय सरकार सडक विभागलाई दो ष दिन्छ । सडक विभाग ठेकेदारलाई दो ष दिन्छ । ठेकेदार बजेट निकासा भएको छैन भनेर पन्छिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

उनिहरुको यो गोलचक्करमा सडक दुर्घटनामा सरकारकालागि त केहीथान मान्छे म रे होलान् तर विवेक र दयारामका परिवारका लागि भने सर्वस्व हुन् । उनिहरुको सर्वस्व लु टि एको छ । यो व्रम्ह लु टको मुख्य कारण हाम्रो गैरजिम्मेवार सरकारले नै यिनिहरुलाई क्षतिपूर्ति दिनसक्छ । यस्ता दुर्घटना नदोहोर्याउन प्रतिवद्धता जाहेर गर्नसक्छ ? प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन र मुख्य दो षिलाई दण्डित गर्न सक्छ ? दबाब कायम राखौं ।

अन्त्यमा, पुनस् सडक दुर्घटनामा ज्यान गुमाएका दुबै भाइहरुको आत्मा शान्तीको कामना गर्दछु । उनिहरुको आश्रीत परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार, स्थानीय निकाय, सडक विभाग र सम्बन्धित ठेकेदारलाई जोडदार माग गर्दछु । अनि, सडक निर्माणलाई ग म्भी र रुपमा नलिने, मर्मत संभारमा ध्यान नदिने, कमसल निर्माण सामाग्री प्रयोग गर्ने र बारम्बार नागरिकको जिउ ज्या न लाई लिईरहने सम्बन्धित निकाय र व्यक्तीलाई कारवाही किन नगर्ने ?**भिडियो हेर्न तल क्लिक गर्नुहोस**,

Leave a Reply

Your email address will not be published. Required fields are marked *