राँगोको मा’र हा’न्न तीन लाख रुपैयाँ दिने यिनै हुन् आर्यन खड्का !

रोचक

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मा’र हा’नेका छन्।

ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मा’र हा’न्न दिने चलन छ।

यस वर्ष बढीबढाउ गर्दा सबैभन्दा बढी कबोलेका बयरी डिलका आर्यन खड्काले सरकारी राँगो मा’र हा’ने’का भगवती कोत पूजा व्यवस्थाप समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताए।

स्थानीयबासी समेत रहेका गण्डकी प्रदेश सांसद् विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्र केसी, वडा अध्यक्ष रिम कटुवाल लगायत अगुवाहरुको उपस्थितिमा सरकारी राँगो मा’र हा’न्ने इच्छुकहरुबीच अष्टमीको साँझ बढीबढाउ गर्न लगाइएको थियो।

‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्,’ पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले भने, ‘बढीबढाउका क्रममा सरकारी मा’र हा’न्ने रकम बढ्दै गएको छ।’

खड्काले अष्टमीकै साँझ रकम बुझाएर नवमीका दिन मार हानेका थिए। उनलाई गाउँलेले टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मा’र हा’नेका थिए।

मा’र हा’न्नेले तिर्ने रकम पूजा व्यवस्थापनमा खर्च गरेर बचेमा कोषमा राख्ने गरिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठ भगवती कोतमा मा’र हा’न्ने’लाई स्थानीयले प्रतिष्ठित मान्ने गर्छन्।

युवाहरुले आफ्नो पहिचान बनाउन र समाजमा स्थापित हुनका लागि भगवती कोतको सरकारी मा’र हा’न्न लाखौँ तिर्न तयार भएका हुन्। मा’र हा’न्ने व्यक्तिको मनोकाक्षा समेत पुरा हुने जनविश्वास छ। अन्नपूर्ण पोष्टमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *