मुगु बस दुर्घटना: झण्डै तीन सय मिटर तल खसेर पनि जोगिइन् ६ वर्षीया भूमिका

समाचार

मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो। भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार जना घाइतेको उपचारका क्रममा बाँकेमा मृत्यु भएको प्रहरीले जानकारी दियो। सायद उनीहरू दसैं मनाउन घर जाँदै थिए। चाडपर्वको बेला यति ठूलो मानवीय क्षति हुँदा मुगु शोकमा डुबेको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अझ अधिकांश मृतकहरू छायानाथ रारा नगरकै छन्। यो दुर्घटनाले धेरैलाई स्तब्ध बनाएको छ। भूमिका अति नै भाग्यमानी बालिका हुन्,’ उनले भने, ‘गाडी टुक्रा-टुक्रा परेको छ। क्षतविक्षत छ। तर पनि त्यो नानीको अवस्था सामान्य हुनु चमत्कार नै मान्नुपर्छ।’
उनका अनुसार बस भीरबाट खस्दा धेरै पटक पल्टियो। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भीरका पाखामा पनि बसका पाटपुर्जा, मानिसका जुत्ता-चप्पलहरू भेटिएका छन्।‘बस दुर्घटना भएर गुल्टिँदै एक सय मिटर तल पुगेपछि फेरि अर्को घुम्तीको बाटो आइपुग्छ, त्यहीँ निर बच्ची खसेर तल पुगेकी रहिछन्,’ उनले भने, ‘त्यहाँबाट फेरि ती बच्ची भिरबाट खसेर तल, झण्डै तीनसय मिटर तल बस पुगेकै ठाउँमा खसिन्। त्यहीँ उनी सकुशल भेटिनु भनेको भाग्यमानी हुनु हो।’** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *