अलमुताइरीको निधारमा रातो टीका र जमरा, भारतसँग भिड्नु अघि नेपाली टोलीले मनाए विजयादशमी(तस्बिरहरु )

खेलकुद

काठमाडौं : साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।

त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।

भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज विजयादशमीको टीका ग्रहण गरेका हुन्।

सबै तस्विर : एन्फाको फेसबुक पेजबाट




माल्दिभ्सलाई हराउँदै भारत साफ च्याम्पियनसिपको फाइनलमा
२७ असोज, काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ ।अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *